विद्यालय परीसरमै शिक्षकको घाँटी रेटेर हत्या


दैलेख/३० भदौ-दैलेख गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको सोमबार राति घाँटी रेटेर हत्या भएको छ ।


४२ वर्षका बिसीको शव विद्यालयको बरन्डामा फेला परेको हो । धारीलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । विद्यालय वरीपरी केहि हाटेल रहेको र होटेलमा खाना खान आएको समयमा हत्यगरीएको हुन सक्ने आसंकामा अनुसन्धानका लागि चार जना होटेल सञ्चालकलाई नियन्त्रणमा लिएको दैलेख प्रहरीले जनाएको छ ।


बिसी मालिका माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत शिक्षा विषयका शिक्षक हुन् ।