महानगरले भन्यो : आफ्नो अनुकुलमा विद्यलाय खोल

ललितपुर/२९ भदौ-ललितपुर महानगरपालिकाले असोज १ गते देखि सार्वजनिक तथा संस्थागत विद्यलाय सञ्चालन गर्ने निर्णय गरेको छ । पठनपाठन सम्बन्धी कार्य सञ्चालन गर्न विद्यालयलाई नै जिम्मेवारी प्रदान गर्दे विद्यलाय सञ्चालन गर्ने निर्णय गरेको हो ।


महानगरीय शिक्षा समितिको भदौ २८ गते बसेको बैठकको निर्णय अनुसार कोभिडको प्रभाव कम भएको अवस्थामा विद्यालयमा पठनपाठन नियमित गर्न विद्यलाय व्यावस्थापन समितिले अभिभावक तथा सम्बन्धीत सरोकारवालाहरुसँग छलफल गरी सञ्चलन गर्न सक्ने जनाएको छ ।


नेपाल सरकारले तयार पारेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गरी विद्यलाय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ ले निर्धारण गरेका सम्पूर्ण प्रक्रियाहरु अवलम्बन गर्दे विद्यलायको भौतिक, शैक्षिक अवस्था अनुसार कार्ययोजना तयार गरी असोज १ गते देखि विद्यालय सञ्चालनको जिम्मेवारी विद्यलायलाई प्रदान गरेको शिक्षा महाशाखा प्रमुख महेन्द्र वहादुर क्षेत्रीले जनाए ।


विद्यलायले आफ्नो अनुकुल विद्यलाय सञ्चालन गर्न सक्ने भएपनि सञ्चालन गर्नुपूर्व अभिभावकसँग छलफ गर्नुपर्ने र त्यसै अनुसार निर्णय गर्न सक्ने क्षेत्रीले जनाए ।


त्यसैगरी सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वस्थ्य मापदण्डबारे अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालालाई विद्यालयले अभिमुखिकरण गराउनुपर्ने र सो को जानकारी महानगरपालिकालाई पेश गर्नुपर्ने छ ।


महानगरपालिकाले सामुदायिक विद्यलायहरुलाई स्वस्थ्य सुरक्षाका सामाग्री (माक्स, सेनिटाइजरसमेत) विद्यालयको माग अनुसार पदान गर्ने निर्णय गरेको छ ।