‘बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास’ पुस्तक विमोचन

काठमाडौं/२९ भाद्र- ‘बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकास’ पुस्तक विमोचन भएको छ । बौद्धिक सम्त्तिको प्रयोग व्यात्ति र कम्पनिले कसरी प्रयोग गर्ने, यसका कानुनि आधार के के हुन सक्छन,समाधान कसरी गर्ने र यसको महत्व,आवश्यकता लगायतका कुरा समावेश गरेर पुस्तक तयार पारीएको छ ।


लेखकद्वय डा. रुद्र शर्मा र युद्ध ओलीले तयार पारेको पुस्तकमा कार्यस्थल नवप्रवद्र्धन,उद्योग र बजारको अन्र्तरसम्बन्ध निरन्तर चलिरहने चक्र बारे उल्लेख गरीएको छ ।


पुस्तकले समाजमा बौद्धिक सम्पत्ति कानुन, समाज र आर्थिक विकासका अवधारणा कसरी उत्पति भए र ज्ञानमा आधारित अर्थतन्त्र कसरी विकास हुन्छ भन्ने जस्ता कुरालाई पुस्तकमा समेटिएको छ ।


उक्त विमोचन कार्यक्रममा मधुसूदन पौडेल सभापति रहेका थिए भने प्रमुख अतिथिमा न्यायाधीश अनिल कुमार सिंह रहेका थिए । साथै अतिथिहरूमा जीव लाल भुसाल, उद्योक बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी, उपाध्यक्ष चन्द्र ढकाल, बिष्णु अग्रवाल, डा.रुद्र शर्मा, भरत बहादुर थापालगायत थिए ।