शाखा अधिकृत तथा सो सरहको योग्यताक्रमको नतिजा प्रकाशन स्थगित

काठमाडौं/२९ भदौ-लोकसेवा आयोगले व्यावस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) तथा सो सरह पदको योग्यताक्रम तर्फको नतिजा प्रकाशन तथा सिफारिश स्थगित गरेको छ ।


सर्वोच्च अदालतको आदेशपछि आयोगले सूचना जारी गर्दै आर्थिक वर्ष २०७६/०७७ मा प्रकाशित विज्ञापन नम्बर १६६९४ देखि १६७०० सम्मको खुला तथा समावेशीतर्फको अन्तर्वार्ताको नतिजा स्थगित गरेको जनाएको हो ।