बल्ल खुल्याे चितवन मेडिकल कलेज

काठमाण्डौं/२२ पुष– चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण युनिटमा विद्यार्थीले गत भदौ १७ गते विद्यार्थीसँग लिएको अतिरिक्त शुल्कविरूद्ध लगाएको ताला आजदेखि खोल्ने भएको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकास चन्दका अनुसार कलेजले पूर्व सहमति अनुसार विद्यार्थीलाई ५६ करोड रकम फिर्ता गर्नुपर्नेे बताएका छन् ।
कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नमानेपछि विद्यार्थीहरूले लगाएको ताला बाध्यताले आजदेखि खोलिएको हो । कलेज प्रशासनले आफ्नो मागलाई बेवास्ता गरेपछि उनीहरूले लगाईएको तालाबन्दी खोलेर अब आर्थिक नाकाबन्दीसहित आन्दोलन गर्ने विद्यार्थीलेहरूले बताए ।