शिक्षा क्षेत्रलाई ठप्प पारेर कोरोना ठप्प हुन्छ र सरकार ?

बर्दिया/९ भदौ- दैनिक जसो फोन आइरहन्छ विद्यार्थीहरूको सबैको एउटै खालको प्रश्न हुन्छ “सर विद्यालय कहिले खुल्छ ?“ घरका छोरीहरूको पनि यस्तै प्रश्न हुन्छ “ स्कुल कहिले खुल्छ ? सायद यस्तै प्रकृतिका प्रश्नहरू हरेक शिक्षकहरूले झेल्दै आएका छन् । केही न केही भन्न वाध्य छौं हामी तर हामीहरू आफैसङ्ग कुनै चित्त बुझ्दो जवाफ छैन । “विद्यार्थीहरुबाट कोरोना गाउँगाउँ र टोलटोलमा पुग्छ त्यसैले विद्यालय बन्द गर्नु परेको“ भन्ने सरकारी जवाफ दिऊँ प्रति प्रश्न गर्छन् हाम्रा विद्यार्थीहरू ।


अहिलेका विद्यार्थीहरू हामीले सोचेका भन्दा धेरै चलाख छन् । खाली समय मज्जाले प्रयोग गरेका छन् बाबु आमाका मोबाइलहरू । देश विदेशका गतिविधिहरू थोरै धेरै हेरेका छन् बुझेका पनि छन् अनि किन पत्याउन् सरकारको कुरो ? किन सन्तुष्ट हुन सकुन् शिक्षकको बनीबनाऊ उत्तरबाट ? सरकारको कुरा भन्दा विद्यार्थीको तर्क उपयोगी र ब्यवहारिक लाग्छ । विद्यार्थीका अगाडि आफैलाई चित्त नबुझ्दो बनिबनाऊ उत्तर दिनु पर्दाको पीडा हामी शिक्षकहरूलाई मात्रै थाहा छ । केही समयदेखि झुटो उत्तर दिनुको पीडा कस्तो हुन्छ भन्ने अनुभव गरिरहेका छौं हामी शिक्षकहरू ।

सरकारको कुरा भन्दा विद्यार्थीको तर्क उपयोगी र ब्यवहारिक लाग्छ । विद्यार्थीका अगाडि आफैलाई चित्त नबुझ्दो बनिबनाऊ उत्तर दिनु पर्दाको पीडा हामी शिक्षकहरूलाई मात्रै थाहा छ । केही समयदेखि झुटो उत्तर दिनुको पीडा कस्तो हुन्छ भन्ने अनुभव गरिरहेका छौं हामी शिक्षकहरू । 


वैकल्पिक शैक्षिक प्रणाली अपनाएर विद्यार्थीहरूलाई अध्ययनमा सामेल गराउने निर्देशन स्थानीय तहहरूले शिक्षा शाखालाई दियो । सोही निर्देशन शिक्षा शाखाले विद्यालयहरूलाई दिए । शिक्षाको निर्देशन अनुसार शिक्षकहरूले आफ्नो प्रयास जारी राखे तर भूगोल र प्रविधिले बैकल्पिक शिक्षा प्रणाली हात्तीको देखाउने दाँत भएको छ ।


आफ्नै अनुभव सुनाऊँ । पढाइ सहजिकरणका लागि सरकारले सियुजी सीम उपलब्ध गरायो । हामीले बिद्यार्थीका हात हातमा पु¥याउने काम गर्यौ । भदौको पहिलो हप्ताबाट नै अनलाइन कक्षाहरू सञ्चालन गर्ने प्रचारप्रसार गर्यौ । पढाइ सुरु पनि गर्यौ तर विद्यार्थीको उपस्थिति नगन्य रह्यो । कारण खोज्दै जाँदा कतिपय गरिव सुकुम्बासीका छोराछोरी हाम्रा विद्यार्थीहरू थिए । साँझ बिहान हात मुख जोड्न धौ धौ हुने गरीब किसानहरूको हातमा “जुम “ र “गुगल मिट“ प्रयोग गर्ने मोबाइल कहाँबाट आओस् ? कतिले जेनतेन मोबाइल किनेका छन् तर “नेटवर्क“को समस्या छ । कतै एनसेलको नेटवर्क छैन कतै नमस्तेको । नेटवर्क नटिप्ने सयौं गाउँहरूमा बैकल्पिक शिक्षा प्रणाली अनलाइन शिक्षा कति उपयोगी होला सरकारले बाँढेको सियुजी सीमको सदुपयोग कति नै होला ?


सय डेढ सय विद्यार्थीहरू भर्ना भएको कक्षामा पन्ध्र बीस जना बिद्यार्थीहरूलाई अनलाइन कक्षामासामेले गराएर अध्यापन गराउँन बाध्य हुदा कुन शिक्षक नै सन्तुष्ट हुन्छ होला ? गरिवीको कारण तथा नेटवर्क कमजोरका कारण कक्षामा सामेल हुन नसकेका विद्यार्थीहरुको मनोविज्ञानमा कस्तो प्रभाव पर्छ होला ? नेटवर्कलाई सर्वसुलभ बनाउन नसक्ने र इन्टरनेटलाई सामन्य गरीबले समेत उपयोग गर्न नसक्ने बेलासम्म यो बैकल्पिक शिक्षाको बिकल्प खोज्नु बाहेक अन्य बिकल्प पनि देखिदैन ।

विद्यार्थीहरू अलमलिन थालेको दुई वर्ष भइसक्यो । निरन्तर मुल्यांकनका आधारमा बिद्यार्थीहरूलाई धमाधम कक्षा चढाइएको छ । किताबी ज्ञानबाट बिमुख छन् बिद्यार्थीहरू । उत्तीर्ण गराएर उपलब्ध गराइएका मार्कसिटहरू हेरेर धेरैले खिसी टिउरी गर्ने वा अपमान गर्ने गरेको देखिन्छ विद्यार्थीहरूलाई । यसमा विद्यार्थीहरूकोके दोष ?  


विद्यार्थीहरू अलमलिन थालेको दुई वर्ष भइसक्यो । निरन्तर मुल्यांकनका आधारमा बिद्यार्थीहरूलाई धमाधम कक्षा चढाइएको छ । किताबी ज्ञानबाट बिमुख छन् बिद्यार्थीहरू । उत्तीर्ण गराएर उपलब्ध गराइएका मार्कसिटहरू हेरेर धेरैले खिसी टिउरी गर्ने वा अपमान गर्ने गरेको देखिन्छ विद्यार्थीहरूलाई । यसमा विद्यार्थीहरूकोके दोष ? आफै नम्बर चढाएर मार्कसिट बोकेर हिडेका पनि त होइनन् उनीहरू । कहिले विद्यालय जान पाइएला ? कहिले साथीहरूसङ्ग भलाकुसारी गर्न पाइएला ? भनेर छटपटाएका छन् विद्यार्थीहरू । कोरोनाको मुख्य कारण नै विद्यार्थीहरू हुन् भने जसरी थुनिएर राखिएको छ घरभित्रै । भविष्य बोक्ने बिद्यार्थीहरूको प्रतिभा फुल्न पाइरहेको छैन । प्रतिभा नफुलेसम्म देशले कसरी काँचुली फेर्ला ?


समय सम्वेदनशिल छ । लापरबाही गरेर हिड्न मिल्ने अवस्था छैन । यो सबैले बुझेकै छ । स्वास्थ्यप्रति सचेत हुनु जरूरी छ नै । शिक्षक र विद्यार्थीहरूलाई सचेत बनाउन सकियो भने जटिल भनिएका समस्याहरू पनि सहज बन्न सक्छन् । स्वास्थ्य सम्बन्धि चेतना फैलाउने क्षेत्र नै शिक्षालय हुन् । शिक्षालयहरू नै ठप्प पारेर स्वास्थ्यको चेतना कसरी फैलाउन सकिएला र ?
यस्तो लाग्दैछ शिक्षा क्षेत्रलाई तहसनहस बनाउनकै लागि कुनै खेल त खेलिदै छैन भन्ने शङ्का उब्जन थालेको छ । शिक्षा क्षेत्रलाई मात्रै ठप्प पारेर कोरोना ठप्प हुन्छ भन्ने सोचाइ गलत छ । यदि शिक्षा क्षेत्र ठप्प पारेर कोरोना नियन्त्रण हुने भए गतसालबाटै कोरोना नियन्त्रण हुने थियो । कोरोनाको कारण विद्यालय र विद्यार्थीहरू हदै होइनन् । बरू नियन्त्रणको माध्यम विद्यार्थीहरू हुन सक्छन् ।

यस्तो लाग्दैछ शिक्षा क्षेत्रलाई तहसनहस बनाउनकै लागि कुनै खेल त खेलिदै छैन भन्ने शङ्का उब्जन थालेको छ । शिक्षा क्षेत्रलाई मात्रै ठप्प पारेर कोरोना ठप्प हुन्छ भन्ने सोचाइ गलत छ । यदि शिक्षा क्षेत्र ठप्प पारेर कोरोना नियन्त्रण हुने भए गतसालबाटै कोरोना नियन्त्रण हुने थियो । कोरोनाको कारण विद्यालय र विद्यार्थीहरू हदै होइनन् । 


हामीलाई थाहा छ र देख्दै र भोग्दै आएका पनि छौं हाम्रा टोल छिमेकका बजारहरू केही समयदेखि खुल्दै आएका छन् हामी किनबेचका लागि निर्धक्क बजार पुग्ने गरेका छौं । बजारमा सामाजिक दुरीको पालना हुदैन । मास्क लगाउनेभन्दा नलगाउने धेरै देखिन्छन् । कोरोनाको जोखिम बजारमा छ छैन ? हाम्रा बिद्यार्थीले प्रश्न गरे हामीले के उत्तर दिने ? पसलबाट जोखिम छैन भन्ने ?


गाडी खुलेका छन् हामी गाडी चढेर ओहोर दोहोर गरेकै र्छौं । सामानहरू ढुवानी भएकै छन् । यातायातमा के कति स्वास्थ मापदण्ड अपनाइएको छ भनिराख्नु नपर्ला नै ?


विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाकाले गोष्ठी सेमिनारहरू आयोजना गरेकै छन् हाम्रा कतिपय अभिभावकहरू कुनै न कुनै माध्यमबाट गोष्ठी सेमिनारमा पुग्नु भएकै हुन्छ । ती गोष्ठी सेमिनारमा सामेल भएको कारण कोरोनाबाट हाम्रा अभिभावकहरू के कति सुरक्षित हुनुहुन्छ होला ? उनीहरूबाट आफ्ना बालबालिका के कति सुरक्षित छन् होला ?
अझ मजाको कुरा त के छ भने नेपालको सरकार चलाउने सत्ता पक्ष र प्रतिपक्ष पार्टीका सामूहिक मिटिङहरू दैनएक जसो भइरहेका छन् । भेला र जुलुसहरूमा नाराबाजी लगाउनेहरू उनीहरू नै छन् । उनीहरूबाट कोरोनाको जोखिम छैन र ? कि राजनीतिक दलको काम कारवाहीबाट कोरोना पनि आजित भइ सक्यो ? विद्यालयको पठनपाठन रोक्ने सरकारले राजनीतिक दलका गतिविधि रोक्नु पर्ने कि नपर्ने ? अरूलाई नियम लगाउनेहरू आफू नियममा बस्नु पर्ने कि नपर्ने ? कि सरकारी सुविधा लिनेलाई कोरोना लाग्दैन ?

भेला र जुलुसहरूमा नाराबाजी लगाउनेहरू उनीहरू नै छन् । उनीहरूबाट कोरोनाको जोखिम छैन र ? कि राजनीतिक दलको काम कारवाहीबाट कोरोना पनि आजित भइ सक्यो ? विद्यालयको पठनपाठन रोक्ने सरकारले राजनीतिक दलका गतिविधि रोक्नु पर्ने कि नपर्ने ? अरूलाई नियम लगाउनेहरू आफू नियममा बस्नु पर्ने कि नपर्ने ? कि सरकारी सुविधा लिनेलाई कोरोना लाग्दैन ? 


भिडभाड नगर्न उर्दी लगाउने सरकारले फेरि मेला र पर्वहरू लगाउने छुट किन दिने गरेको छ ? किन रोकतोक गर्दैन ? मेला, पर्व, जुलुस, गोष्ठी, मिटिङ र सेमिनार वा बजारमा जुन सुकै स्थानमा सामेल भएका हाम्रा अभिभावकहरू आफ्ना बालबालिकाहरूलाई के कि सुरक्षित राखेका छन् होला ? जहाँ सामेल भए पनि घरमा छोराछोरीसङ्ग कुनै पनि बाबु आमा अलग बसेका छैनन् । घुलमिल भएका छन् अङ्गालो मारेकै छन् । यस्तो अवस्थामा कोरोनाको जोखिम छ कि छैन ? यदि जोखिम छ भने किन अभिभावक सचेत नहुने ? अभिभावकहरूले किन विचार नगर्ने ?


सरकार शिक्षा क्षेत्र तहसनहस भइसकेको छ । स्कुल बन्द गर्दैमा कोरोना रोकिन्छ भन्ने घटिया सोच बोकेर विद्यालय मात्रै बन्द किमार्थ उपयुक्त होइन । कि त नेटवर्क र इन्टरनेट सर्वसुलभ बनाएर बैकल्पिक शैक्षिक प्रणाली “अनलाइन“ शिक्षालाई अनीवार्य बनाउनु जरूरी छ नत्र पूर्ण रुपमा स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालयहरू खोल्न अनुमति दिनु पर्छ । शैक्षिक क्षति धेरै भइसकेको छ अब यो क्षति रोक्न सरकारले तुरुन्तै पहल गर्न जरुरी छ । अन्य सबै खोल्दै जाने तर शैक्षिक क्षेत्र मात्रै ठप्प पार्ने सरकारको नीति अव्यवाहरिक छ । सरकारले शिक्षाको बारेमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ । ढकाल श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर बाँसगढी– ४ बर्दियाका सहायक प्रधानाध्यापक हुन् ।