शिक्षक आन्दोलनको महिना दिन बितिसक्दा पनि नगरपालिका बेखबर

कञ्चनपुर/२ भदौ-कञ्चनपुरको भीमदत्त नगरपालिकाले दरबन्दी मिलानका नाममा गरेको मनोमानीका विरुद्ध नेपाल शिक्षक संघ आन्दोलित भएको आज ३२ दिन भैसकेको छ ।


असार ३१ गतेको नगर शिक्षा समितिको बैठकले नगरपालिका भित्रका विद्यालयहरुमा दरबन्दी मिलानका नाममा पुर्वाग्रही ढंगले सयौं शिक्षकहरुलाई सरुवा गरेको प्रती नेपाल शिक्षक संघ आन्दोलित भएको हो ।


सङ्घले दरबन्दी मिलान नेपाल सरकारद्वारा जारी दरबन्दी मिलान तथा व्यवस्थापन कार्यबिधी २०७६ अनुसार हुनुपर्ने माग राखेको छ । नगरपालिकाले नीतिविधि मिचेर दरबन्दी मिलानको मर्म उद्देश्य एवम् विद्यालयहरुको हित बिपरीत व्यक्ती छानीछानी व्यक्ती मिलान गरेको शिक्षक संघको आरोप छ ।


आन्दोलनको महिना दिन बितिसक्दा पनि नगरपालिका बेखबर जस्तै बनेको छ ।