त्रिवि द्धारा वन विज्ञानका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित

कास्की/२८ साउन- त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखा पोखराले स्नातक तथा स्नातकोत्तर तहको नियमित परीक्षा स्थगित गरेको छ । साउन ३२ गते देखि सञ्चालन हुने परीक्षा कोभिड-१९ संक्रमणका कारण हाललाई स्थगित गरेको हो ।


साथै उक्त परीक्षाहरु आगामी भदौ महिनाको तेश्रो हप्तादेखि अनलाईन मार्फत सञ्चालन हुने परीक्षा नियन्त्रण महाशाखा प्रमुख प्रा.यज्ञप्रसाद तिमिल्सिनाले जानकारी दिनु भएको छ ।