महाकवि देवकोटाको घर भत्काउनपर्नुको कारणसहित लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतलको आदेश


काठमाडौं/२८ साउन-प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरे पछि सर्वोच्च अदालतले घर भत्काउनुपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । अदालतले पुरातात्विक महत्वको घर भएका कारण भत्काउनुपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको हो ।


अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गरे पछि प्रारम्भिक सुनुवाइमा अदालतले लिखित जवाफ माग गरेको छ ।


न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।