सुर्खेत /१८ साउन-बिबिएस प्रथम वर्ष अध्यायनरत एक युवतीले परीक्षा बिग्रिएको भन्दै झुण्डिएर आत्महत्या गरेकी छिन् । सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले आईतबार झुण्डिएर आत्महत्या गरेकी हुन् ।
आफ्नी दिदी कृष्णा ढकालसँग जल तथा मौसम विज्ञानको कार्यालयमा बस्दै आएकी कँडेल कार्यालयको भवनभित्र झुण्डियर आत्महत्या गरेकी हुन । २९ बर्षीया कँडेलले आत्महत्या गर्नुअघि ’सुसाइड नोट’ लेखेरे छाडेको प्रहरीले जनाएको छ । सुसाइड नोटमा बिबिएस प्रथम बर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्या गरेकोे कुरा लेखिएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको र शवको पोस्टमार्टम भएपनि अहिलेसम्म रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ । शंकास्पद कुरा अरु केहि नभेटिएको र कोठाभित्र पङ्खामा पासो लगाएको अबस्थामा फेला परेको घटनास्थलमै पुगेका एक प्रहरी जानकारी दिएका छन् ।



