बाँके /१८ साउन- कोहलपुर नगरपालिकाले नगरक्षेत्र भित्रका कुनै पनि अध्यापन सेवा प्रदायक शैक्षिक संस्थहरु सञ्चालन नगर्न निर्देशन दिएको छ । आईतबार परीपत्र जारी गर्दे भौतिक उपस्थितिमा अध्यापन सेवा सञ्चालन नगर्न निर्देशन दिएको हो ।
कोरोना भाईरसका कारण जारी निषेधज्ञामा नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेले शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको भए पनि कोहलपुर नगर भित्रका केहि विद्यालय, ट्युसन,कोचिङ् सेन्टर,तालिम केन्द्र, विद्यार्थी परामर्श केन्द्रहरुले विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर शिक्षण सिकाइ क्रियाकलाप गरेको जनगुनासो आएपछि सञ्चालन नगर्न निर्देशन दिएको छ ।
साथै आदेशको विपरीत हुने गरी विद्यार्थीको भौतिक उपस्थितिमा ट्युसन,कोचिङ् सेन्टर,तालिम केन्द्र, विद्यार्थी परामर्श केन्द्रहरुले पठनपाठन सञ्चालन गरेको पाईएमा सोको जिम्मेवारी संस्था आफै हुनु पर्ने र नियमअनुसार कारवाही गरीने जनाएको छ ।



