काठमाडौं /१८ साउन- नेपाल शिक्षक महासङ्घले केहीव्यक्तिहरुबाट महासङ्घले गरेको आन्दोलनलाई सामाजिक सञ्जालमा अपमानित गर्ने, आन्दोलनको विपक्षमा अशोभनिय टिप्पणी र अभिव्यक्ति सम्प्रेषण गर्ने तथा शिक्षक–कर्मचारीका संस्थाहरु केही होइनन् भन्ने जस्ता अभिव्यक्ति दिने कार्यहरुभइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आज विज्ञप्ति जारी गर्दे सरकार समक्ष ३४ सुत्रीय माघ पेश गरी २०७८ बैशाख २० गते देखी महासङ्घ निरन्तर आन्दोलनमा रहेको वेला केहीव्यक्तिहरुबाट आन्दोलनको विपक्षमा अशोभनिय टिप्पणी भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
पछिल्लो पटक शिक्षकसँग सम्बन्धित मुद्दामा न्यायलय गएका शिक्षकहरुले आफ्नो कामलाई अतिरञ्जित गर्दै शिक्षक–कर्मचारीका पेसागत संस्था, मागमुद्दा र आन्दोलन माथि आक्रमण, अपव्याख्यार र अपमान भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “न्यायलय गएका साथीहरुमध्ये केही साथीहरुबाट नेपाल शिक्षक महासङ्घ र यसका आबद्घ/सम्बद्घ संस्थाको खोरजी हुनुपर्छ भन्नेसम्मका अभिव्यक्ति दिएका भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । आदरणीय शिक्षक नेताहरुको अथक प्रयत्न र शाहदतबाट स्थापित भएका यी संस्थाहरुको अस्तीत्व माथि धावा बोल्ने, विष वमन गर्ने, नेतृत्वलाई आधारहिन आरोप लगाइ बदनाम गर्ने, वैयक्तिक लाञ्छना लगाउने ,सामाजिक आक्रमण तथा मान मर्दन गर्ने खालका लज्जाहिन प्रयत्न कतिपय व्यक्तिहरुबाट भइरहेका छन् । ने.शि.महासङ्घ यी र यस्ता कार्यहरुको निन्दा तथा भत्र्सना गर्दछ ।”
शिक्षकका पेसागत मागहरु अदालती निर्णयबाट नभएर आन्दोलनबाटै प्रप्त भएको र अबका माग पनि आन्दोलनबाटै पुरा हुने उल्लेख गर्दे सडक आन्दोलनमा रहिरहेको पेसागत संस्था आन्दोलनलाई विसाएर न्यायिक निकायको ढोका ढकढकाउन नजाने विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीच भएको ३० बुँदे सम्झौताको बुँदा नं ६ को (क)मा विद्यालय शिक्षकको सेवा शर्त र सुविधाको मापदण्ड सङ्घीय सरकारले तोक्ने र त्यस्तो सुविधा समान तहका निजामती कर्मचारीको भन्दा आकर्षक बनाइने भन्ने उल्लेख भएकोले आफैंले गरेको सम्झौताभन्दा कम उपलब्धिको माग राखी मुद्दामा जाँदा हिजो आन्दोलननमा लागेका आम शिक्षक–कर्मचारीको समेत अपमान हुनजाने विज्ञप्तिमा उल्लेख गरीएको छ ।
साथै सामाजिक सञ्जालमार्फत् सम्प्रेषित यस्ता सुनियोजित भ्रमहरुलाई चिर्दै नेपाल शिक्षक महासङ्घ र यसका आबद्घ/सम्बद्घसंस्थामा संलग्न सबै शिक्षक–कर्मचारीहरुलाई संस्थाहरुको सवलीकरण र समग्र एकताका पक्षमा दृढ भएर उभिन र आन्दोलनलाई निर्णायक मोडमा पु¥याउन सक्रिय रहन महासंघले अपील गरेको छ ।





