काठमाडौं/११ साउन-परीक्षा नियन्त्रण कार्यलय सिटिईभिटिले डिप्लोमा तहका विशेष प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम तथा बायोमेडिकल इक्यूपमेन्ट इन्जिनियरिङका लागि नियमित तथा आंशिक परीक्षा परीक्षा २०७८ को परीक्षा तालिका सार्वजनिक गरेको छ ।
विशेष प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम अन्र्तगतका भूकम्प प्रभावित र दलित मुस्लिम तथा लोपोन्मुख जातिको लागि कोभिड-१९ का कारण स्थगित गरिएका परीक्षा साउन २५ बाट सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो ।
साथै डिप्लोमा प्रमाणपत्र तहका परीक्षामा कोभिड-१९ को संक्रमित भई परीक्षा छुट भएका परीक्षार्थीहरुका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परिषद्ले संक्रमित भई परीक्षामा समावेश हुन नसकेका परीक्षार्थीहरुले सम्बन्धित परिषद्, प्रदेश कार्यलय मार्फत प्राप्त भएका निवेदनहरुका अनुसार साउन २५ गते विहान ८ बजे देखि सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।





