वैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारका बालबालिकालाई छात्रवृत्तिका लागि निवेदन माग

काठमाडौं/११ साउन- श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगार छात्रवृत्तिका लागि निवेदन माग गरेको छ । श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत्यु भएका वा पूर्णरुपमा अशत्त वा गम्भीर बिरामी भएका कामदारका बालबालिकालाई छात्रवृत्तिका लागि निवेदन माग गरेको हो ।


साथै छात्रवृत्तिका लागि आफु अध्ययनरत शैक्षिक संस्थामा वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि २०७१ को अनुसूचि (१) बमोजिमको ढाँचा अनुसार असोज मसान्त भित्र निवेदन दिन जानकारी गराएको छ ।