काठमाडौं /१९ बैशाख – स्थायी शिक्षक हकहित मञ्चले कोरोना संक्रमण बाट विरामी प्रत्येक शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न र कोभिड-१९ का कारण मृत्यु हुने शिक्षकलाई मृत्यु पश्चात दशलाख रकम सान्त्वना स्वरुप हस्तान्तरण गर्न नेपाल सरकार समक्ष माग राखेको छ ।
साथै कोभिड १९ को संक्रमण वढदो रुपमा गइरहेको सन्र्दभमा केही स्थानीयतहहरुले परिक्षा संचालन गर्नका लागि ताकेता दिने, शिक्षकहरुलाई विद्यालयमा जान वाध्य गराइने जस्ता कार्य तुरुन्त बन्दगर्न प्रेस विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ “सपूर्ण शिक्षक मित्रहरुमा सुरक्षाका मापदण्ड अपनाई अनलाइन कक्षा, परियोजना कार्य वा अन्य विधिअपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखित/मौखिक परिक्षाबाहेक मुल्याङ्कनका अन्य साधनहरु जस्तै रुजु सुची, अवलोकन, घटनावृत अभिलेख आदिलाई अपनाउन अनुरोध छ ।”
त्यसैगरी बजेट निर्माणाधीन रहेको सन्र्दभमा शिक्षा र स्वास्थ्यमा बजेटका आकार वढाई लामो समयसम्म पिसिएका बाल शिक्षक, विद्यायालय कर्मचारीको प्रा.वि सरह दरवन्दीको व्यवस्था कायमगरि शिक्षा ऐन मार्फत सम्पुर्ण शिक्षकहरुको सेवा सुविधालाई र वैकल्पिक शिक्षाका माध्यमलाई प्राथमिकतामा राख्न जोडदार माग राखेको छ ।
मञ्चले विश्वव्यापी रुपमा फैलीएको कोभिडका कारण ज्यानगुमाउने शिक्षकहरु मनिषा थापा(बा“के), दुर्गा रेग्मी(बर्दिया), लोकराज भट्ट (कञ्चनपुर),मन्जु के.सी. (कञ्चनपुर), पार्वती न्यौपाने(वर्दिया), रुपा चटर्जी (बा“के), हरिभक्त रोकाय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, (दाङ), घनश्याम चौधरी, (नवलपरासी), बम बहादुर कुवर (गुल्मी), काशी सिं कार्की (कञ्चनपुर) लगाएतका शिक्षकहरुमा विज्ञप्ति मार्फत श्रद्धाञ्जली दिएको छ ।




