संक्रमण बढीरहेको बेला वार्षिक परीक्षा सञ्चलन गर्ने निर्णय


तनहुँ /१९ बैशाख – व्यास नगरपालिकाले पूर्व सूचना अनुसार नै २०७७ को वार्षिक परीक्षा सञ्चालन गर्ने भएको छ । कोभिड १९ को संक्रामण बढीरहेको बेला नगरपालिकाको १४ गतेको वैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको सूचनामा भनिएको छ कोभिड १९ को बढ्दो संक्रमणलाई मध्य नजर गर्दे सिसिएमसीको निर्णय तथा व्यास नगरपालिकाको निर्णय अनुसार विद्यालय एवं शैक्षिक संस्थाहरुमा बैशाख १५ गते देखि भौतिक कक्षा सञ्चालन बन्दगरी भर्चुअल र अन्य अन्य वैकल्पिक माध्यामबाट पठनपाठन गर्नुहुन नगर क्षेत्रभित्रका सबै विद्यालय एवं शैक्षिक संस्थाहरुलाई आग्रह गरेको छ । तर परीक्षाको हकमा जनस्वस्थ्य मापदण्ड कायम गर्दे शैक्षिक सत्र २०७७ को वार्षिक परक्षिा अग्रिम सूचना अनुसार सञ्चालन गर्न सूचना जारी गरेको छ ।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको वैठकले स्वास्थ्य सुरक्षा मापदण्डहरु पालना गर्ने व्यावस्था मिलाई फरक फरक सिफ्टमा परीक्षा सञ्चालन गर्ने गरी आवश्यक व्यावस्था मिलाउन शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिएको छ ।

त्यसै गरी आँबुखैरेनी गाँउपालिकाले पनि २०७७ को आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसै गरी अन्य कक्षाहरुको वार्षिक परीक्षा विद्यालय आफैले बैशाख २१ गतेबाट सञ्चालन गर्न गाँउपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

योबेलामा परीक्षा लिन ठिक नभएपनि गाँउपालिकाले परीक्षा लिन वाध्य बनएपछि परीक्षा सञ्चलन गर्ने तयारीमा जुटेको एकजना शिक्षकले खबर एजुकेसनलनई बताए । उनका अनुसार आँबुखैरेनी गाँउपालिका गोर्खा नगरपालिकाको पाङकोटसँग सिमाना जोडिएको र पाङकोटमा कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् । साथै पाङकोटका सय जना विद्यार्थीले आँबुखैरेनी गाँउपालिकाको रामशाहा माविमा अध्ययन गर्ने जनाकारी दिएका छन् ।

त्यसै गरीे परीवारमा कोरोना संक्रमण भए पनि कक्षा १० को तयारी गर्न विद्यार्थी विद्यालयमा आउने गरेको ति शिक्षकले बताए । रामशाहा माविमा आज १ बजे देखि परीक्षा सञ्चालन हुँदै छ ।