विद्यालयमा कार्यरत लेखापाल र शिक्षिकाको स्कुटर दुर्घटनामा मृत्यु


दमौली/१६ वैशाख – बुधबार साँझ विद्यालयमा कार्यरत लेखापाल र शिक्षिकाको स्कुटर दुर्घटनामा मृत्यु भएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा ऋषिङ–४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो । कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि दमौली फर्किने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ऋषिङ–४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानाएको छ । मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत हुनुहुन्थ्यो भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका हुनुहुुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *