काठमाडौं /१५ बैशाख – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय कर्मचारी प्रशासन तथा सुशासन प्रवद्र्धन शाखाले आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउन आग्रह गरेको छ ।
शिक्षा मन्त्रालय अन्र्तगतका २३ वटा कार्यलयहरुलाई कोभिड -१९ रोकथामकालागि नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय भएकोले सो बमोजिम गर्नु गराउनुहुन अनुरोध गरेको छ ।
सार्वजनिक कार्यलयमा अनावश्यक भीडभाड हुन नदिन र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यलय बाहेक अन्य कार्यलयमा आलोपालो पद्धतिअनुसार कर्मचारी खटाई काम सुचारु राख्ने व्यावस्था मिलाउन कार्यलय प्रमुखलाई आग्रह गरेको हो ।
साथै घरबाटै गर्न सकिने कामको हकमा वर्क फर्म होमको व्यावस्था गर्न र यसरी पालोमा अनुपस्थित हुने कर्मचारीको हकमा सम्बन्धित कार्यलय प्रमुखले कोभिड काज जनाउने पत्रमा जनाइएको छ ।




