नेपाल ल क्याम्पसको एलएलएम तहको सम्पूर्ण कक्षा अनलाईन मार्फत् सञ्चालन हुने

काठमाण्डौं/६ वैशाख– त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसको एलएलएम तहका बिहानी तथा दिवा समूहका सम्पूर्ण कक्षाहरु अनलाईनमार्फत् सञ्चालन हुने भएको छ ।
विश्वमा पुनः फैलिंदै गएको कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति भई कक्षाहरुमा अध्ययन अध्यापन गर्न असहज भएका कारणले सो क्याम्पसले अनलाईन मार्फत् कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।