कक्षा १२ को परीक्षा सञ्चालनका लागि पहिलो चरणको कार्य हुँदै


काठमाडौं /६ बैशाख – यस वर्षको कक्षा १२ को परीक्षा सञ्चालनका लागि पहिलो चरणको कार्यहरु भईरहेको राष्ट्रिय परीक्षा बोर्ड स्रोतले जनाकारी दिएको छ ।

परीक्षा केन्द्रको विवरण सबै आएको त्यसलाई टेबुलेशनको काम भईरहेको छ । गत वर्ष २०७६ सालमा भएको परीक्षा केन्द्र ११४७ भएकोमा करिब दुई सयको संख्यामा परीक्षा केन्द्र थप हुन सक्ने स्रोतले जनाएको छ । त्यसैगरी, प्रश्न पत्रहरु निर्माण र परीमार्जनको प्रक्रियामा रहेको राष्ट्रिय परीक्षा बोर्ड स्रोतले जनाएको छ ।

अघिल्लो वर्ष कोभिड महामारीका कारण कार्यविधि बनाएर विद्यालयलाई परीक्षा सञ्चालनका लागि बोर्डले अख्तियार प्रदान गरेको थियो तर, बोर्डले अपेक्षा गरेको जस्तो परीक्षा सञ्चालन गर्न नसकेको र समयमा उत्तरपुस्तिका नपठाइएको साथै उक्त उत्तरपुस्तिकामा भएको माक्र्स र माक्र्स फाराममा भएको नम्बरमा फरक भएको र उत्तरपुस्तिका परीक्षणमा एकरुपता नभएको कारणले अघिल्लो वर्षको जस्तै प्रकृयामा बोर्ड जाने सोचमा नरहेको पनि स्रोतले जानकारी दिएको छ ।