भारतको एक युनिभर्सिटीद्वारा नेपाली विद्यार्थीलाई छात्रवृतिमा विशेष प्राथमिकता

काठमाण्डौं/५ वैशाख– भारतको आन्ध्र प्रदेशस्थित विजयवाडामा रहेको के यल युनिभर्सिटीले छात्रवृति योजनामा नेपाली विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेको सो युनिभर्सिटीले जनाएको छ ।

युनिभर्सिटीले आफ्नो योजनाका बारेमा नेपाली शैक्षिक परामर्श व्यवसायी र विद्यार्थीलाई जानाकार गराउन नेपालमा पत्रकार सम्मेलन गर्दै साे विषयकाे जानकारी दिएको हो ।

एडुकाउन्सलर्स न्यु दिल्लीका बजार निर्देशक हिमांशु गौरलले भने “के यल युनिभर्सिटीले नेपाली विद्यार्थीहरूलाई उच्च प्राथमिकतामा राख्दै KL Engineering Entrance Exam – 2021 & KL MAT (KL Management Aptitude Test – 2021) संचालन गरी १०० % देखि १५% सम्म छात्रवृति प्रदान गरीने छ ।” प्रवर्धन समितिका संयोजक शिवराज न्यौपानेका अनुसार छात्रवृतिको लागि युनिभर्सिटीले नेपाल सरकारसँग सम्बन्धन लिएर छिट्टै नै अल नेपाल क्यामपीङको तयारी गर्नेछ ।

के यल युनिभर्सिटी आंध्र प्रदेशमा सन् १९८० सालमा स्थापना भएको विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षाको लागि अखिल भारतीय परिषद्द्वारा मान्यता प्राप्त, NAAC A ++, NBA, MHRD द्वारा NIRF ४१औ ¥याङकिङ तथा रेटिङमा पर्न सफल र UGC को वार्षिक मुल्याङ्कनमा क्याटगोरी एक उत्कृष्ट विश्वविद्यालय हो ।

यस युनिभर्सिटीले फार्मेसी काउन्सिल अफ इंडिया, काउन्सिल अफ आर्किटेक्च, बार काउन्सिल अफ इंडियाको समेत स्विकृती प्राप्त गरेको छ।
उक्त कलेजमा यईनस विश्वविद्यालय इन्जिनियरिंग (बीटेक र एमटेक) आर्किटेक्चर होटल मेनेजमेन्ट, बीबीए, एमबीए बीएससी एग्रकल्चर, बी फार्मेसी, फर्म डी, एलएलबी र एलएलयम सञ्चालित छन् ।


यस विश्वविद्यालयलाई नेपालमा स्टारवल्र्ड इन्टरनेशनल एजुकेशन महाराजगंज, इन्फर्मेटीक्स् कन्सल्टेन्सी पुतलीसडक, आव्सीका इन्टरनेशनल एजुकेशन थापाथली, काठमाडौं म्यासवे इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी बागबजार, ह्वाइट प्लाटीनम एजुकेशन सर्भिसेज कुपन्डोल लगायतका शैक्षिक परामर्श ब्यावसायी संस्थाहरूले प्रवर्धनमा सहयोग गर्नेछन् ।