आगामी बजेट विद्यार्थीको पक्षमा हुनुपर्ने अनेरास्ववियुको माग

काठमाण्डौं/२५ चैत– नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी बजेट जनमुखी र विद्यार्थीको पक्षमा हुनुपर्ने माग राख्दै अर्थमन्त्रालयलाई ध्यानाकर्षण गरेको छ ।


अध्यक्ष ऐन महर लगायतका नेताहरूले सरकारी सेवा सुविधा र जागिरमा रहने सबैका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक सरकारी विद्यालयमा भर्ना गर्ने प्रबन्ध मिलाउन सरकार समक्ष माग गरेका छन् ।


आगामी २०७८रू०७९ को बजेटमा शिक्षा क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउन माग गर्दै अनेरास्ववियुले शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यवसायिक ऋण उपलब्ध गराउने विगतको घोषणालाई सहज र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान हरेक बैंकका शाखाले न्यूनतम २० जना विद्यार्थीलाई सो प्रकृतिका ऋण उपलब्ध गराउन अनिवार्य व्यवस्था हुनुपर्ने माग राखेको छ ।


साथै, हरेक प्रदेशमा न्युनतम एक सरकारी शिक्षण अस्पताल खोल्ने र ती अस्पताल मार्फत् आमजनताको निःशुल्क उपचार गराउने प्रबन्ध सहित बजेट विनियोजन गर्न सरकार समक्ष ध्यानाकर्षण गरेको छ ।