स्नातकोत्तर तहको भौतिक शास्त्र विषय दोस्रो वर्ष चौथो सत्र ०७३ समूहको परीक्षा आवेदन खुल्यो

काठमाण्डौं/चैत २२- त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय परीक्षा शाखा बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिष्टम अनुसार २०७८ सालमा सञ्चालन हुने स्नातकोत्तर तहको भौतिक शास्त्र विषयमा भर्नाका लागि आवेदन खुलाएको छ ।


त्रिविले सो विषयको दोस्रो वर्ष चौथो सत्र २०७३ समूहको नियमित परीक्षा दिई दुई विषय सम्म अनुत्तीर्ण भएका विद्यार्थीहरुले मेकअप परीक्षा दिई अनुत्तीर्ण भएका परीक्षार्थीहरुको लागि मात्र आवेदन जारी गरेको हो ।


विद्यार्थीले परीक्षा आवेदन फाराम चैत ३१ गते सम्ममा बुझाउनुपर्ने छ ।