उजुरी पछि विद्यालय सञ्चालन नगर्न इकाइको आग्रह


काठमाडौं /१७ चैत – प्रतिकूल मौसमका कारण सरकारले देशभरीका विद्यालय चार दिन सम्मका लागि बन्द गर्ने निर्णय गरेसंगै स्थानीय तहले आफनै तरीकाले निर्णय अगाडी बढाएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

तर शिक्षा मन्त्रालयको निर्णयलाई वेवास्था गर्दे केही स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । वातावरणीय असहजको अवस्था नरहेको भन्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

झापाको मेचिनगर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पछि शिक्षा विकास तथा समन्वय इकाइमा उजुरी परेको छ । मेचिनगर नगरपालिका वडा.नं. ७ निवासी ज्ञानेन्द्र निरौलाले दिएको उजुरीका आधारमा विद्यालय सञ्चालन नगर्न पालिकालाई अनुरोध गरिएको छ ।

साथै शिक्षा विकास तथा समन्वय इकाइले बिदा दने निर्णय बमोजिम विद्यालय सञ्चालन नहुनु पर्नेमा पालिका भित्रका शिक्षण संस्थाहरु सञ्चालन रहेकोले नियमअनुसार हुन भनिएको छ ।