काठमाडौं /१७ चैत – वायु प्रदुषणको कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेसंगै सबै विश्वविद्यालयको पठनपाठन चार दिनका लागि बन्द गरेका छन् ।
वायु प्रदुषणको कारण जनस्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दे मन्त्रालयले सम्पूर्ण शिक्षण संस्था चैत २० गतेसम्म बन्द गरे पछि त्रिभुवन विश्वविद्यालयले २० गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय गरे पनि नियमित प्रशासनिक कार्यहरू र पूर्वनिर्धारित कार्य तालिका अनुसार स्वास्थ्य सजगता अपनाउँदै चालु परीक्षा भने यथावत राख्ने जनाएको छ ।
त्यसै गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पनि सूचना जारी गर्दे पूर्वनिर्धारित कार्य तालिका अनुसारका परीक्षा सञ्चालन बाहेक सम्पुर्ण निकाय र पठनपाठन बन्द रहने जनाएको छ ।



