काठमाडौं /७ चैत – दक्षिणकाली नगरपालिका १ खहरेस्थित चाल्ना खेल जङगलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको शव फेला परेको छ । बुधबारदेखि बेपत्ता विद्यार्थीहरुको शव शुक्रबार फेला परेको हो ।
क्षेत्रपाटीस्थित जेपि स्कुलमा कक्षा १० मा अध्ययनरत छात्र १७ वर्षीया मङ्गल तामाङ र त्योडा मावि कक्षा १० मै अध्ययनरत १७ वर्षीया अर्जुन खड्काको शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
काभ्रे भुम्लाका मङ्गल र नुवाकोट छापाका खडका क्षेत्रपाटिस्थित कोठा भाडामा आफन्तसंग बस्दै आएका थिए । विद्यालय फरक भए पनि मङ्गल र अर्जुन मिल्ने साथि रहेको जानकारी मृतकका आफन्तले दिएका छन् ।
घटनास्थल नजिकैबाट प्रहरीले किटनासक औषधि सल्फसको बोतल फेला पारेको छ ।महानगरीय प्रहरी परिसर काठमाडांैका प्रहरी उपरीक्षक रमेश बस्नेतले उक्त घटनाको सम्बन्धमा अनुसन्धान सुरु गरीएको बताउनु भयो ।
उनिहरु क्षेत्रपाटीबाट त्यति टाढाको जङ्गल चाल्नाखेलसम्म कसरी पुगे ? हत्या वा आत्महत्या र विष सेवनका सम्बन्धमा अनुसन्धान गरीने उहाँले स्पष्ट पार्नु भयो ।मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको छ ।
मृतकका आफन्तले हत्या वा आत्महत्या सत्यतथ्य छानविन तथा अनुसन्धानका लागि प्रहरीसँग आग्रह गरेका छन् । चाल्नाखेल जङ्ल नै नदेखेकाहरु त्याहाँ पुग्नुको रहस्य वा कसैले उक्साहटका सम्बन्धमा पनि अनुसन्धानको माग गरीएको छ ।गोरखापत्रमा खबर छ ।



