काठमाण्डौं/४ चैत– राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आशिंक तथा ग्रेड वृद्धिको परीक्षाफल आज पाँच बजे पछाडी प्रकाशित हुने भएको छ ।
बोर्ड स्रोतले परीक्षाफल सार्वजनिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको र आजै परीक्षाफल सार्वजनिक गर्ने जानकारी दिएको हो ।
यो वर्ष ०६५–०७६ सम्मका विद्यार्थीहरुका लागि विशेष प्राथमिकतामा राख्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को मौका परीक्षा सञ्चालन गरेको थियो ।



