काठमाडौ /१ चैत – अभिभाबकले आफ्ना बच्चाको मनोबिज्ञान बुझ्न नसक्दा धेरै बालबालिकाहरु यसको शिकार भएका छन । सबै बच्चाहरु एउटै गुण लिएर जन्मिएका हुदैनन् । सबैमा उस्तै क्षमता र बुद्धि पनि हुदैन् तर हरेक बच्चामा एउटा एउटा क्षमता भनै पक्कै हुन्छ । त्यो पत्ता लगाउने र त्यहि अनुसार आफ्नो बालबालिकालाई ब्यावहार गर्नुपर्छ र उनिहरुको ईच्छा पुरागर्न अभिभाबकले सहयोग गनुपर्छ ।
बच्चा जन्मे देखि उँ परिपक्क नहुनजेल सम्म उसमा धेरै कुराको परिबर्तन भएको हुन्छ । उसलाई हरेक पलमा आफ्ना अभिभाबकको सहयोग चाहिएको हुन्छ । स्कुलको सहयोग र हौसला चाहिएको हुन्छ । भबिष्यमा सुन्दर घर बनाउनलाई उसले मुच्छदै गरेको माटोमा हामिले पानिहाल्न सहयोग गर्नु पर्ने ठाउमा उल्टै धारा नै बन्ध गरेउँ भने उसले भबिष्यमा कसरि राम्रो घर बनाउछ ? त्यसैले बालबालिकालाई भबिष्यमा कस्तो बनाउने भन्नेकुरा अभिभाबकको र स्कुलको ठुलो भुमिका हुन्छ किनकि बच्चा जन्मदै बिग्रियर जन्मेको भने पक्के हुदैन् ।
यसरि एउटा बच्चालाई उसको मनोबिज्ञान बुझेर त्याहि अनुसार अभिभाबकले व्यावहार गर्दै जानु पर्छ र गलत गरेको ठाउँमा उसलाई नरम तरिकाले सम्झाउनु पर्छ न कि गालि गरेर व पिटेर होईन । यसको साथसाथै वच्चा के गर्दा वा उसले के पढ्न र के गर्न मनपराउछ त्यसको पहिचान गरेर अभिभाबकले बच्चालाई सहयोग ग¥यौ भने अबश्य उसले राम्रो गर्छ ।
अभिभाबकले गर्नै नहुने केहो भने अरू बच्चाहरुसंग आफ्ना बच्चालाई कहिलै नदाँजौँ । किनभने यस्ता कुराले बच्चा अझ बढि निराश हुन्छन् । आफूले कहिल्यै राम्रो गर्न नसक्ने रहेछु भन्ने उसमा नकरात्मक असर पर्छ । उसले राम्रो गरे पनि हामीले नराम्रो देखेका छौँ कि ! उसका राम्राकार्यको प्रशंसा गरेका छौँ कि छैनौ ? उसले गणित ढिलो सिक्ला तर नेपाली त जान्दछ नि । अङ्ग्रेजीमा राम्रै होला तर पनि उसलाई चित्र बनाउन आउँछ कि ! अथवा उसलाई मन पर्ने विधा कुन हो ? आफुलाई मन पर्ने काम वाँ मनपर्ने बिषयमा राम्रो गर्न सक्छ कि । ऊ आज जे गर्दै छ, कतै हामीले नै सिकाएका हौँ कि आदि कुरामा अभिभावकलाई राम्रो ज्ञान हुन आवश्यक छ ।
आफ्ना बालबाललिकाको स्वभाव कस्तो छ, उ के गर्दै छ, के कुरामा खुसि हुन्छ,उसको रहर के मा छ, आदि कुराको ज्ञान अभिभावकलाई हुनै पर्छ । यतिमत्रै होईन आफ्ना बालबाललिकाका हरेक कृयाकलाप,स्वभाव,उसको इच्छा,लगाव,के गर्दा रिसाउछ,के गर्दा खुसि हुन्छ यि सबै कुरा भबिभाबकले वुझेको हुनुपर्छ र त्यसै अनुरुप आफ्ना बच्चालाई सिकाउदै लग्नुपर्छ । यसरि हामिले मनोविज्ञानलाई बुझ्नको लागि यसलाई विभिन्न ५ क्षेत्रमा विभाजन् गरेका छौं जसले बालबाललिकाको मनोविज्ञान बुझ्न सहज हुन्छ र उसले हामि प्रति गर्ने व्यावहार पनि त्याहि अनुसार हुन्छ ।
बिकास :
बालबाललिकाको विकास विशेष गरी तीन प्रकारले हुने गर्छ । शारीरिक, मानसिक र सामाजिक । शारीरिक विकासमा शरीरको बिकास हुने पूवार्नुमान गर्न सकिन्छ । शरीरमा कस्तो प्रकारको परिवर्तन हुन्छ, कसरी हुन्छ भन्ने पहिले नै पूर्वानुमान गर्न सकिन्छ । त्यसैगरी मानसिक विकास अन्तर्गत बालबालिकामा भएको क्षमता, बौद्धिक विकास पर्दछ । यो एक प्रक्रिया हो जसमा बालबालिकाले ज्ञान, भाषा र आफुले गर्न सक्ने क्षमताको विकास गर्छ । उसले यी कुरा सँगै समाज र सामाजिक भावनाहरु बुझ्दै जान्छ । समाजमा बसेर उसले विश्वास, डर, आत्मविश्वास, सम्मान, मित्रताको भावना विकास गर्दै जान्छ जसलाई हामीले सामाजिक विकासमा राख्न् सक्छौं । यी तीन विकासमा भिन्नता देखिएता पनि असमान रुपले एक अर्कासँग जोडिएको हुन्छ ।
माइलस्टोनः
माइलस्टोनले बाल मनोवैज्ञानिकका लागि बालबालिकाको विकासात्मक क्षेत्र मापन गर्न ठूलो भूमिका खेल्दछ । यसले बालबालिकाकाले क्षमता कति छ भन्ने कुरा पहिचान गर्छ । यसले बालबालिकाको उमेर अनुसार के काम गर्न सक्छ वा सक्दैन भन्ने कुरा पहिचान गर्छ । माइलस्टोन भनेको बालबालिकाले उमेर अनुसारको व्यवहार र शारीरक क्षमता भन्ने बुझिन्छ । उमेर अनुसारको छुटै माइलस्टोन हुन्छ जसले बाल मनोवैज्ञानिकहरुलाई सामान्य बालबालिकाको विकास र उनीहरुको क्षमता पहिचान गर्न मद्दत पुराउँछ । बाल मनोवैज्ञानिकले विशेष गरी ४ माइलस्टानेको खोजी गर्छ । पहिले बालबालिकाले शरीरिक क्षमता, दोस्रो उनीहरुको मानसिकता, तेस्रो उनीहरुको सामाजिक भावना र चौथौं उनीहरुको बालशैली बुझ्न खोज्ने कोसिस गर्छन् ।
व्यवहार :
बालबालिकाको स्वभाव निकै चञ्चले हुन्छ । तर यदि परिवारमा अभिभावक बीच झैभगडा भइराख्ने हो भने बालबालिकालाई पछि गएर समस्या पर्न सक्छ । बालबालिका किशोर अवस्थामा पुग्छ उनीहरुको व्यवहारहरु परिवर्तन हुदै जान्छ र आफ्नो पहिचान विकास गर्दै लैजान्छ । सामान्य रुपमा विकाशित हुने यस्ता व्यवहारमा यदि कुनै पनि चुनौती आयो भने उनीहरुको व्यवहारमा नराम्रो असर पर्न सक्छ जसले गर्दा उनीहरुलाई बाल मनोबैज्ञानिकको आवश्यकता पर्न सक्छ । बालबालिकाको सामान्य रुपमा विकास हुने क्रममा कुनै पनि घटना जस्तै अभिभावकको डिभोर्स, परिवारका कसैको मृत्युका कारणले समस्या देखा पर्न सक्छ । यस्तो समस्याले गर्दा पछि गएर उनीहरुलाई मानसिक रुपमा विभिन्न रोग लाग्न् सक्छ ।
भावना :
भावनात्मक विकास हाम्रो भावना, हाम्रो कुनै पनि कुरा प्रतिको बुझाइ, आफ्नो र अरुको भावना बुझ्नुलाई बुझिन्छ । यो प्रक्रिया बाल अवस्था देखि वृद्धावस्था सम्म रहन्छ । पहिलो भावना भनेको जुन बाल्यअवस्था देखिन्छ, त्यो हो रिस, डर, खुसी, दुख । त्यस पछि बालबालिकाले लाज, आश्चर्य, अप्ठ्यारो, दोषी, गर्व र समानुभूतिको भावना विकास गर्छ । बालबालिकाहरुलाई यी भावनाहरु नियन्त्रणमा राख्न निकै गाह्रो हुन्छ । हरेक बालबालिकाको व्यवहार फरक हुन्छ ।
सामाजिकरण :
सामाजिक विकासको भावनात्मक विकाससँग निकै नजिकको सम्बन्ध रहेको छ । सामाजिकरणले ज्ञान, मान्यता, कौशल्ता बालबालिकामा समावेश गराँउछ जसले गर्दा बालबालिकामा समाज, परिवार प्रति सकारात्मक यागदान पुराँउने क्षमता विकास गराँउछ । यो विकासमा परिवारको सबैभन्दा ठूलो भूमिका हुन्छ । बालबालिकाले आफनो अनुभव सबैभन्दा पहिले परिवारबाट समेटने गर्छ र पछि गएर समाजमा गर्छ । यो अनुभवबाट बालबालिकाले नयाँ कुरा सिक्न, मिलेर काम गर्न, मित्रताको भावना विकास गर्दै लैजान्छ । बालबालिकाले समाजलाई सानै उमेरबाट बुझन थाल्यो र यी अनुभवहरु बटुल्दै जान सिक्यो भने उसलाई पछि गएर समाजमा राम्रो भूमिका निवार्ह गर्न सक्छ ।



