काठमाण्डौं/२६ फागुन–‘मिस युनिभर्स नेपाल २०२०’की विजेता अंशिका शर्माले ‘सबैका लागि गुणस्तरीय शिक्षा’ अभियान अन्तर्गत गरीब बालबालिकाहरुलाई पढाउने भएकी छिन् ।
अंशिकाले एक विज्ञप्ति जारी गर्दै ‘अंशिका शिक्षा कल्याण फाउण्डेशन’ मार्फत् आफ्नो गृह जिल्ला झापाका १४ बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्राप्तिका लागि आवश्यक पहल गर्ने बताएकी छिन् । सो अक्षय कोषमा उनले आफूले मिस नेपाल युनिभर्स विजेता बने बापत् प्राप्त रकमको १० लाख बराबरको सहयोग गरेकी छिन् ।
यही फाउण्डेशन कोर्ष मार्फत् नै उनले झापाका विभिन्न विद्यालयबाट छनोट भएका १४ बालबालिकाहरुको विद्यालय शुल्क, पोशाक तथा पाठ्यक्रम सामग्रीलगायत पौष्टिक खाना, आवास, यात्रा, स्वस्थ्यसम्बन्धी औषधी जन्य लगायत बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्ने बताएकी छन् ।
मिस नेपाल युनिभर्सको विजेता बनेपछि अशिंकाले आफ्नो सहयोगलाई निरन्तरता दिएकी छिन् । उनले झापाका विभिन्न ठाउँ तथा विद्यालयको अवलोकन गर्दै त्यस क्षेत्रका विभिन्न ४ विद्यालयमा अध्ययनरत आर्थिक अवस्था नाजुक भएका १४ बालबालिका सहयोगका लागि छनौट गरेकी हुन् ।
यस अघि उनले जुम्लाका १० जना गरिब विद्यार्थीलाई समेत छात्रावृत्ति प्रदानमा सहयोग गरिसकेकी छिन् ।
मिस युनिभर्स नेपाल अंशिका गरीब बालबालिकालाई पढाउने अभियानमा


