गोरखा/२६ फागुन– गोरखाको शहीद लखन गाउँपालिका—६ घैरुङ्ग, बास्कोटस्थित भारत सरकारको आर्थिक सहयोगमा विद्यालय निर्माण कार्य सम्पन्न भएको छ ।
‘नेपाल—भारत विकास सहकार्य’ कार्यक्रमको परियोजना अन्तर्गत् गोरखा जिल्लामा विद्यालय भवनको निर्माण गरेको हो ।
करिब ४ करोड ३३ लाख रुपैयाँमा सम्पन्न हिमालय माध्यमिक विद्यालयको नयाँ भवनको भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशललगायत जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति, गोरखा, तथा स्थानीय प्रतिनिधिहरुबाट आज संयुक्त रुपमा उद्घाटन गरेकाे छ।
निर्माण गरेको तीन तल्ले भवनमा १८ वटा कक्षा कोठासहित विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि छुट्टै कक्षका साथै छात्र–छात्राहरुका लागि पनि छुट्टाछुट्टै सरसफाई संरचनाको व्यवस्था गरेको छ ।



