नेपालमा इन्जिनियरिङको अवस्था कस्तो छ ?
नेपालमा उपलब्ध इन्जिनियरिङ शिक्षा आर्थिक, राजनीतिक सबै हिसाबले अब्बल छ । मुलुकमा अहिले विकास निर्माणका काम धमाधम सुरु हुदै गइरहेका छन् । लोडसेडिङको अन्त्य संगै नेपालका उद्योग फस्टाउदै गएका छन् । यसले सोझो अर्थमा इन्जिनियरिङ विषयको स्कोप र यसबाट उत्पादित जनशक्तिको माग बढाएको देखिन्छ । अन्य विषयको तुलनामा इन्जिनियरिङ संकायका कलेजहरु तुलनात्मक रुपमा योग्य छन् । विद्यार्थीहरुले काठमाडौं बसेर पढ्ने रकमले विदेश गएर नै पढ्न मिल्छ भन्ने सोचको कारण अहिले विदेश जाने विद्यार्थीको संख्या बढेको हो । नेपालको पढाइको स्तर राम्रो छ भन्ने कुनै शंका छैन् । केहि विद्यार्थीहरु प्रलोभनमा बाहरि जाने गर्छन त केही रहर वा नयाँपनका लागि जान्छन् ।
निजी क्षेत्रको इन्जिनियरिङ शिक्षाले देशमा कस्तो सहयोग पु¥याइरहेको छ ?
नेपाल विकासको चरणमा छ । विकासोन्मुख छ । मुलुक निमार्णको जिम्मेवारी पाएका इन्जिनियरिङका लागि पूर्वाञ्चल विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छन् । हाम्रो देशमा उत्पादन हुने दक्ष जनशक्ति मध्य धेरै विद्यार्थी निजी क्षेत्रका छन् । निजी क्षेत्रलाई सरकारले सहयोग नगरेका कारण हामी सरकारी भन्दा धेरै शुल्क लागू गर्न बाध्या छौं । यस कारण त भारत या अन्य देशमा नै पढ्न पुग्छ भन्ने मानसिकता विकास भएको मेरो बुझाइ छ ।
विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय किन रोज्ने ?
विश्वविद्यालयले लागू गरेको इन्जिनियरिङ पाठ्यक्रममा अनुसन्धानमा विशेष जोड दिएको छ । त्यस्तै,‘सेप्mट्ली मेजरमेन्ट’ पाठ्यक्रमको अर्को विशेषता हो । सिभिल इन्जिनियरिङका लागि अत्यावश्यक यो विषय अन्य विश्वविद्यालयले पाठ्यक्रममा अटाउन सकेको छैनन् , पूर्वाञ्चल विश्वविद्यालयले पछिल्लो समय सुधारोन्मुख बाटोमा लम्कदैं गर्दा यसको सोझो प्रभाव हाम्रो कलेजमा समेत देखिएको छ । अहिले नेपालमा इन्जिनियरिङ विषयको कुरा गर्दा राम्रो कलेज वा राम्रो पाठ्यक्रम नभएर विदेश जानु पर्ने बाध्यता छैन । बरु विद्यालयको पहिलो रोजाइमा स्वदेशी कलेजहरु र दोस्रो प्राथमिकतामा मात्रै विदेशी कलेजहरु पर्ने गरेका छन् । अहिले नेपालमा इन्जिनियरिङ पढ्ने विद्यार्र्थीहरुको संख्या बाक्लो छ । विभिन्न विधामा गरी प्रत्येक वर्ष ८ हजार भन्दा बढी विद्यार्थीहरु इन्जिनियरिङमा अध्ययनका लागि भर्ना हुन्छन् । दक्ष जनशक्तिको स्कोप पनि नेपालमा प्रशस्त छन् ।
एक्मी कलेजबारेमा केही बताइदिनुहोस् न ?
एक्मी कलेज पूवाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पहिलो इन्जिनियरिङ कलेज हो । साथै नेपालका १० राम्रा इन्जिनियरिङ कलेज मध्येको एक हो । सन् २००२ देखि कलेजले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो ख्याती कमाउन सफल भएको छ । कलेजमा अहिले स्नातक र स्नाकोत्तर दुवै तहमा इन्जिनियरिङ अध्यापन हुदै आएको छ । स्नाकोत्तर तहमा एमएस्सी इन इन्जिनियरिङ म्यानेजमेन्ट तथा स्नातक तहमा बी.आर्क, सिभिल इन्जिनियरिङ , कम्प्यूटर इन्जिनियरिङ तथा बी.ई.इन इलेक्ट्रोनिक्स एण्ड म्यानेजमेन्ट अध्ययापन हुदै आएको छ ।



