लुम्बिनी प्रदेश सरकारद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

  • 732
  •  
  •  
  •  
  •  
    732
    Shares

काठमाण्डौं/२५ माघ– लुम्बिनी प्रदेश सरकारद्वारा ठाकुरबाबा नगरपालिकास्थित विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

प्रदेशको सामाजिक विकासका लागि सञ्चालित ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ मार्फत् बालबालिकालाई ट्रयाक सुटलगायतका न्यानो कपडा वितरण गरिएको हो ।

सामाजिक विकासको अभियानमा लगानी गरेको भन्दै लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गर्दै ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बालबालिकाहरुको विद्यालय पहुँच क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप पोशाक वितरण गरेको बताए ।

ठाकुरबाबा नगरपालिकाको २७ वटा सामुदायिक विद्यालयअन्तर्गत् बाल विकासदेखि कक्षा २ सम्ममा २ हजार ७५६ बालबालिकालाई पोशाक वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

  • 732
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *