ल्होछारका अवसरमा तीन दिन सार्वजनिक बिदा

काठमाण्डौं/२५ माघ– दोलखाको शैलुङ गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले यही माघ २९ गते देखि फागुन १ गते सम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेककाले यसको संरक्षण र प्रवद्र्धन गर्न विदा दिएको प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहले जानकारी दिए ।
ती समुदायले यही माघ ३० गते विशेष पर्वको रुपमा २८५७ औं लाङ म्हे (गाई वर्ग) ल्हो सोनामा ल्होछार मनाउँदै छन् ।


यसैगरी, बनेपा–काभ्रेपलाञ्चोकस्थित चौंरीदेउराली गाउँपालिकाले पनि तामाङ समुदायको सांस्कृतिक पर्व तथा नयाँ वर्ष २८५७औँ लाङ (म्हे) सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।


गाउँपालिकाले यही माघ २९, ३० र फागुन १ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता विनोद घिसिङले बताए ।


सोनाम ल्होछारको प्रवद्र्धन र विकास गर्नु स्थानीय सरकारको दायित्व भएकोले सार्वजनिक विदा दिएको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिएका छन् ।