काठमाण्डौं/१९ माघ– निवृत्त शिक्षकहरुको विदा प्रमाणित सम्बन्धमा राष्ट्रिय किताब खानाले ७७ वटै जिल्लामा रहेको शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र जारी गरेको छ ।
सेवा निवृत्त शिक्षकहरुको बिरामी बिदाको अभिलेख स्पष्ट रुपमा सत्यापन गरी रमानामा विदा उल्लेख नभएकाहरुको हकमा अभिलेखको प्रतिलिपी उतार गर्न लगाई इकाई प्रमुख स्वयम्बाट हरेक पानामा व्यहोरा प्रमाणित गरेर मात्र विदाको विवरण किटानी सहित सारांश पत्र तयार गरी पठाउन राष्ट्रिय किताब खानाले ७७ वटै जिल्लामा रहेको इकाईलाई निर्देशन दिएको छ ।




