काठमाण्डौं/१९ माघ– शिक्षा विकास तथा समन्वय इकाइ, धनुषाले सबै स्थानीय तह लगायत सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई अन्तरपालिका सरुवा गर्न रोक लगाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई, धनुषाले पालिकागत रुपमा शिक्षक विवरण अध्यावधिक गरिरहेको भन्दै विद्यालयहरुलाई अन्तरपालिकाभित्र सरुवा गर्न रोक्का गरिएको हो ।
स्थानीय तहहरुले समेत स्थानीय तहभित्र दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन गरिरहेकाले सो कार्यलाई सहज बनाउन प्रायोजनका लागि शिक्षा विकास तथा समन्वय इकाई, धनुषाले जिल्ला भित्र एक पालिकाबाट अर्को पालिकामा गरिने शिक्षक सरुवा रोक्का गरेको ईकाइ प्रमुख ईश्वरीप्रसाद ज्ञवालीले जानकारी दिएका छन् ।



