काठमाडौ /९ माघ -प्लस टु पास भईसकेपछि स्नातक तहमा व्यवस्थापन संकाय अन्तर्गत अधिकांश विद्यार्थीको पहिलो रोजाइमा पर्ने विषय हो बीबीए अर्थात् ब्याचलर्स इन बिजनेश एड्मिनिस्टे«शन ।
चार वर्षे सेमेष्टर प्रणालीबाट पढाई हुने यो विषयबाट विद्यार्थीले सैद्धान्तिक ज्ञान पाउनुका साथै कुनै पनि संस्थामा कस्तो खालको नीति नियम छ भन्ने बारे थाहा पाउन सकिन्छ । धेरै विद्यार्थीको रोजाईमा पर्ने यो विषयलाई विश्व मान्यता बोकेको विषयको रुपमा पनि हेरिन्छ ।
व्यवस्थापनमा आधारित यस विषयले विद्यार्थीलाई उद्यमी बन्न सिकाँउछ । सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले यसमा प्रभावकारी सिकाइ हुने भएकाले बजारमा सिधै काम गर्न सक्ने जनशक्ति तयार हुन्छ । त्यसकारण अन्य विषय पढेकाले भन्दा संसारको कुनै पनि ठाँउमा यस विषय अध्ययन गरेका विद्यार्थीले व्यवस्थापन तथा व्यवसायिक क्षेत्रमा अवसर र सफलता छिटो प्राप्त गर्न सक्छन् ।
बीबीए अध्ययनले विद्यार्थीमा नेतृत्वदायी क्षमताको साथै व्यवस्थापन कौशलताको विकास पनि गराँउछ । त्यसकारण योग्य जनशक्ति उत्पादन गर्ने प्रभावकारी शैक्षिक कार्यक्रमको रुपमा बीबीएलाई लिन सकिन्छ ।
पाठ्यक्रम
बीबीए सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुने यो चार वर्षे कार्ष हो । नेपालमा लगभग सबै विश्वविद्यालयमा सेमेष्टर प्रणाली अन्तर्गत पढाई हुने यो कोर्ष त्रिभुवन विश्वविद्यालयको हरेक सेमेष्टरमा १५ क्रेडिट आवर पढ्नु पर्ने हुन्छ भने सबै सेमेष्टर गरी १२० क्रेडिट आवर अध्ययन गर्नुपर्ने हुन्छ । त्यसैगरि पोखरा विश्वविद्यालयमा विद्यार्थीले ८ औं सेमेष्टर सम्म १२० क्रेडिट आवर पढ्नु पर्छ । काठमाडौं विश्वविद्यालयमा र पूर्वाञ्चल विश्वविद्यालयमा पनि विद्यार्थीले १२० क्रेडिट आवर पढ्नु पर्ने हुन्छ । बीबीएमा अध्ययन गर्नुपर्ने मूख्य विषयहरुमा एकाउटिङ, फाइनेन्सीयल म्यानेजमेण्ट, मार्केटिङ, क्वान्टिटेटिभ टेक्निक्स, बिज्नेश ल एण्ड इथिक्स, हिउमन रिर्सोस म्यानेजमेण्ट, ओपरेसन म्यानेजमेण्ट, इकोनोमिक्स, म्यानेजमेण्ट इन्र्फोमेसन सिस्टम जस्ता विषय रहेका छन् ।
मापदण्ड
बीबीए अध्ययन गर्ने विद्यार्थीहरुले प्लस टुमा साईन्स वा म्यानेजेमेण्ट अध्ययन गरेको हुनु पर्छ भने परीक्षामा अनिवार्य १.८ जिपिए ल्याएको हुनुपर्दछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कलेजहरुमा भर्ना हुनका लागि विद्यार्थीले अmबत को प्रवेश परीक्षामा सामिल भई उत्तिर्ण गर्नुपर्ने हुन्छ । त्यसैगरी, काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अनिवार्य रुपमा पगmबत को प्रवेश परीक्षामा उत्तिर्ण हुनुपर्दछ ।
बीबीएको स्कोप
बीबीए अध्ययन गरेका विद्यार्थीहरु थुप्रै क्षेत्रमा अवसर प्राप्त गर्न सक्छन् । विद्यार्थीहरु भविष्यमा गएर कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्र इत्यादिमा अवसर प्राप्त गर्न सक्छन् । बीबीए पढेको विद्यार्थीले आफूले नै व्यवसाय सञ्चालन गर्न पनि सक्षम हुन्छन् भने जुन सुकै क्षेत्रमा पनि सहज तरिकाले काम गर्न सक्छन् । यो विषय अध्ययन गर्दा इन्टर्नसीप गर्नुपर्ने भएकोले पढ्दै गर्दा पनि प्रयोगात्मक शिक्षा र व्यवसायिक सीप प्राप्त गरेका हुन्छन् जसले विद्यार्थीलाई अझ दक्ष बनाउछ । यसर्थ, बीबीए अध्ययन गरिसके पछि प्रायः विद्यार्थी बेरोजगार बस्नुुु पर्दैन ।
बीबीए अध्ययन शुल्क
बीबीए अध्ययन गर्नका लागि हरेक कलेजमा शुल्क फरक फरक निर्धारण गरिएको हुन्छ । कलेजले प्रदान गर्ने सेवा र सुविधाको आधारमा मूल्य तोकिएको हुन्छ । चार वर्षे बीबीएको लागि विद्यार्थीले करिब ४ लाख देखि ८ लाख सम्म व्यवस्था गर्नुपर्ने हुन्छ । काठमाडौं विश्वविद्यालयमा बीबीए अध्ययनका लागि ४ वर्षको शुल्क ७ लाख ५० हजार सम्म रहेको छ ।
बीबीए पढाइ कहाँ हुन्छ ?
नेपालको चार वटा विश्वविद्यालयमा बीबीए पढाइ हुन्छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा पढाइ हुनुका साथै सम्बन्धन प्राप्त कलेजहरुमा पनि पढाइ हुन्छ । त्यसैगरी, विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुमा पनि यो विषय अध्ययन हुन्छ । त्रिविबाट लगभग ३० वटा कलेजले बीबीए अध्यापन गराँउदछन् । पोखरा विश्वविद्यालयबाट करिब ४६ कलजले सम्बन्ध लिएर बीबीए कार्यक्रम चलाइरहेका छन् । र ३१ वटा पूर्वाञ्चल विश्वविद्यालयबाट र २ वटा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजहरुले बीबीए कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यसैगरी लगभग ३० वटा कलेजहरुले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कलेज सञ्चालन गरिरहेका छन् ।