दक्षिण एसिया च्याम्पियनसिपमा नेक्ससकी स्वोर्लिनलाई चार पदक

काठमाडौं/१२ भदौ – पेप्सीकोलास्थित नेक्सस इन्टरनेशनल एकेडेमीकी विद्यार्थी स्वोर्लिन श्रेष्ठले भुटानको थिम्पुमा सम्पन्न ब्याडमिन्टन एसिया ९दक्षिण एशिया० क्षेत्रीय च्याम्पियनसिपमा चार पदक जितेकी छन् । उनले महिला डबल्स र टोलीगत प्रतिस्पर्धामा रजत पदक प्राप्त गर्दा महिला सिंगल्स र मिक्स डबल्समा काँस्य पदक जितेकी हुन् ।


नेक्सस इन्टरनेशनल एकेडेमीले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरूलाई उत्तिकै सहभागी गराईरहेको छ । सो कारण विद्यार्थीहरू अन्तर्राष्ट्रिय स्तरमा सफल हुँदै आएको विद्यालयको भनाई छ । स्वोर्लिनको उपलब्धि उनको निरन्तर परिश्रम, समर्पण, र विद्यालयको समर्थनको प्रतिफल रहेको विद्यालयले जनाएको छ ।


अन्तर्राष्ट्रिय प्रतियोगितामा विद्यार्थीले हासिल गरेको सफलताले विद्यालय मात्र नभई सिङ्गो देशलाई गौरवान्वित बनाएको विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले बताए । विद्यार्थीको मिहिनेत र विद्यालयको सहायक वातावरणले यस्तो उपलब्धि सम्भव भएकोमा उनले खुसी व्यक्त गरे ।