दशैंमा शिक्षकको तलब नदिने पालिका बारे अनुसन्धान गरिने

काठमाडौं/१३ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकलाई तलब नदिने बेथिति बारे अनुसन्धान सुरु गरेको बताएका छन् । दशैंं, तिहार र छठ पर्वमा पनि पालिकाले शिक्षकलाई तलब नदिएको भन्दै ५ सय भन्दा बढी गुनासो आए पछि मन्त्री पुनले अनुसन्धान सुरु गरेका हुन् ।


साथै तलब नपाएको भनेर सबैभन्दा धेरै फोन मधेशबाट आएको मन्त्री पुनले बताए । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको उल्लेख गर्दै शिक्षकले तलब नपाउने बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान भइरहेको र सो बेथितिको समाधानको उपाय खोजिने बताए ।


‘तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेश बाट आएको छ । वर्ष दिनमा आउने दशैंं, तिहार र छठ पर्व जस्तो महान चाडवाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलव नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो । शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई पैसा पठाई सकेको रहेछ । यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु,’ मन्त्री पुनले भने ।