डिजिटल एजुकेशन आइसिटी अवार्ड बुढानीलकण्ठ स्कुललाई

काठमाण्डौं/१३ पुष– नेपालकै सबैभन्दा ठूलो प्रविधि अवार्डका रुपमा रहेको ‘डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२०’ बुढानीलकण्ठ स्कुलले प्राप्त गरेको छ ।
सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा रहेको यस विधामा जम्मा २७ ओटा शैक्षिक संस्थाको नोमिनेशन भएको थियो । सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिने उक्त अवार्डमा नेपालभित्र सञ्चालनमा रहेका विभिन्न सार्वजनिक शैक्षिक गुठीमा आबद्ध विद्यालयहरु, सामुदायिक विद्यालयहरु, क्याम्पस तथा विश्वविद्यालयहरु प्रतिस्पर्धीका रुपमा रहेका थिए ।
शिक्षा क्षेत्रलाई प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले गरीएको सो कार्यक्रममा विभिन्न क्षेत्रका १४ जना विज्ञहरुको ज्युरी समूहले गरेको मूल्याङ्कनका आधारमा बुढानीलकण्ठ स्कूललाई डिजिटल एजुकेशन आइसिटी अवार्ड प्रदान गरेका थिए ।
शनिबार सोल्टी होटल क्राउन प्लाजामा आयोजित पाँचौँ संस्करणको उक्त अवार्ड वितरण कार्यक्रममा पुरस्कृत भएपछि यसले स्कुल परिवारलाई थप हौसला मिलेको र जिम्मेवारीबोध भएको बुढानीलकण्ठ स्कुलका प्रिन्सिपल होमनाथ आचार्यले बताए ।
कोभिड १९ को महामारीको समयमा २०७७ वैशाख महिनाको आरम्भदेखि नै बुढानीलकण्ठ स्कूलले अनलाइन कक्षा सञ्चालन गरेको थियो । अनलाइन कक्षालाई थप प्रभावकारी बनाउन प्रविधिको उच्चतम प्रयोग गरी स्कुलमा कार्यरत प्रत्येक शिक्षकलाई ल्यापटप र पेनट्याब प्रदान गरेरै भए पनि कक्षा सञ्चालन गरेको थियो ।
बुढानीलकण्ठ स्कुलले विश्वप्रसिद्ध माइक्रोसफ्ट टिम्सको प्रयोग गरी करिब ९८ प्रतिशत विद्यार्थीलाई समेटी सबै विषयका कक्षा सञ्चालन गर्नुका साथै विभिन्न परीक्षासमेत सञ्चालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *