काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोटका लागि समिति गठन


काठमाडौं /१३ पुस – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न समिति गठन गरिएको छ । अहिलेका उपकुलपति डा. रामकण्ठ मकाजुको कार्यकाल सकिएकाले नयाँ उपकुलपति छनोट गर्नका लागि समिति गठन गरिएको हो ।


समितिको सदस्यमा दमननाथ ढुंगना र संस्थापक उपकुलपति डा. सुरेशराज शर्मा रहेका छन । साथै उपकुलपतिमा फेरि पनि डा. मकाजुकै नै दोहोरिने सम्भावना रहेको छ ।