काठमाडौं /२३ साउन – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेशन शुल्क आगामी वर्षको कक्षा १२ को परीक्षामा समायोजन गर्ने भएको छ । कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन भएकाले २०७७ मा कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुन बुझाएको रकम कक्षा १२ को वार्षिक परीक्षामा समायोजन गर्न लागिएको हो ।
बोर्डले एक सूचना जारी गर्दै विद्यार्थीले बुझाएको ६ सय शुल्क मध्ये परीक्षाको तयारीका क्रममा भएको खर्च बापत दुई सय कट्टा गरी चार सय समायोजन गरिने भएको छ ।
