काठमाडौं/२२- प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद् (सीटीईभीटी), पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले पाठ्यक्रम शीर्षक संशोधन गरेकाे छ ।
महाशाखाले बिहिबार एक सूचना जारी गरी विद्यालय शिक्षा परीक्षा तथा प्रवेशिका परीक्षा (SEE\SLC) उत्तीर्ण प्रवेश योग्यता तोकिएका मौजुदा प्राविधिक एस.एल.सी (TSLS) तहका कार्यक्रमहरुको पाठ्यक्रम (curriculum Title) प्रि-डिप्लोमा (Pre-diploma) रहने गरी संशोधन गरेकाे छ ।
उक्त तहका कार्यक्रमहरु सञ्चालन गर्ने आंगिक, साझेदारी, निजी, शिक्षालयहरु र सामुदायिक विद्यालय तथा अन्य पाठ्यक्रम प्रयोगकर्ताहरुलाई जानकारी गराउँदै सूचना प्रकाशित गरेको सीटीईभीटीले जनाएको छ । सम्बन्धीत कार्यक्रम सञ्चालन गर्ने शिक्षालय तथा विद्यालयहरुलाई शैक्षिक सत्र २०७७\०७८ देखि सोहि बमोजिम कार्यान्वयन गर्न निर्देशन समेत दिएकाे छ ।