काठमाडौ /२२ साउन – डेन्टल हाइजिन खास गरी दांत र मुख सम्बन्धि रोग र यस सम्बन्धि कोर्ष हो । दांतको उपचारसंग सम्बन्धित यो कोर्षलाई सर्टिफिकेट इन डेन्टल साइन्स अन्तर्गत डेन्टल हाईजिन भनिन्छ । डेन्टल हाइजिन कोर्ष दातसंग मात्रै सम्बन्धित नभइ आर्टसंग पनि सम्बन्धित ह्न्छ । कुनै मान्छेको दात छैन भने उसका लागि चपाउन सक्ने गरि , उसको अनुहारमा सुहाउने गरि दांतको डिजाइन गर्नु पर्ने भएकाले यसलाइ आर्ट पनि भनिन्छ । अझ चिकित्सा भाषामा यसलाइ स्माईल डिजाईन पनि भनिन्छ ।
एसईई पछि पढ्न पाईने यो कोर्ष तिन बर्षको हुन्छ । पहिलो बर्षमा बिद्यार्थीहरुले कोर बिषय पढ्छन ।दोस्रो बर्षमा डेन्टल साईन्स र पब्लिक हेल्थ विषय अध्यन गर्छन भने तेस्रो बर्ष अस्पताल र सामुदायमा काम गर्नका लागि आवश्यक सीप, ज्ञान प्रयोगात्मक ढंगले सिक्छन ।
प्राविधिक तथा व्यवसायिक तालिम परिषद् ( सीटीईभीटी) अन्तर्गत पढाई हुने यो कोर्ष पढ्नका लागि सीटीईभीटीले लिने प्रबेश परीक्षामा उत्र्तीण हुनुपर्छ भने एसईई मा कम्तिमा सी ग्रेड ल्याउने विद्यार्थीले यो विषय पढ्न पाउछन । यो कोर्ष पढ्नका लागि साढे ४ लाख देखि ५ लाख सम्म खर्च लाग्छ ।
तीन वर्षको कोर्ष पुरा गरीसकेपछि नेपाल स्वास्थ्य व्यवसायी परिषद्बाट लाइसेन्स लिएर काम गर्न योग्य हुन्छन । उनिहरु दन्त शिक्षा कार्यक्रम चलाउने ,विद्यालय तथा अस्पतालमा बालबालिका लाई दांतको किराले खानबाट बचाउने, दांत सफा गर्ने, पोलिसिङ गर्ने, एक्सरे लिने, डाक्टरलाई एसिस्ट गर्ने , बिमारिलाइ काउन्सेलिङ गर्न सक्ने हुन्छन भने बिभिन्न एनजीओ आईएनजीओमा समेत काम गर्न सक्छन ।