समन्वय ईकाइ स्याङ्जा द्धारा विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप नगर्न निर्देशन


काठमाडौं/ १५ साउन – शिक्षा विकास तथा समन्वय ईकाइ स्याङ्जाले विद्यालयहाता भित्र शिक्षण सिकाई क्रियाकलाप सञ्चालन नगर्ने निर्देशन दिएको छ ।

पछिल्लो समय स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका लगायत केही स्थानमा कोरोना संक्रमितको संख्या बढेकाले अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द हुने भएकाले कुनैपनि शिक्षण सिकाई गतिविधि नगर्न निर्देशन दिएको छ ।

इकाई प्रमुख गुरुप्रसाद पौडेले सूचना जारी गर्दै साउन १३ गतेदेखि दस दिन जिल्लामा अत्यावश्यक सेवा सबै सेवा बन्द गरिएकाले अर्को सूचना जारी नहुँदा सम्म विद्यालयहाताामा शिक्षण सिकाई सम्बन्धि कुनैपनि गतिविधि नगर्न निर्देशन दिएका हुन् ।