काठमाडौं / १५ साउन – नेपाल शिक्षक महासंघ शिवराज नगरपालिका कपिलवस्तुले सामुदायिक विद्यालयका शिक्षकहरुको पीसीआर परिक्षण गर्न माग गरेको छ ।
शिक्षा शाखालाई ज्ञापनपत्र बुझाउँदै, वैकल्पिक शिक्षण सिकाई कार्यक्रम सञ्चालन भईरहेको अवस्थामा शिवराज नगरपालिकाभित्र समुदायस्तरमै संक्रमण फैलिएकाले शिक्षकको पीसीआर परिक्षण गर्ने माग गरेको छ ।
शिवराज नगरपालिकामा दुई जना शिक्षकमा कोरोना संक्रमण देखिएको थियो । समुदायस्तरमा कोरोना फैलिएको र शिक्षक, कर्मचारी, बालविकासका सहजकर्ता वैकल्पिक शिक्षण सिकाईमा संलग्न भएको हुँदा कोरोना संक्रमणको उच्च जोखिम देखिएकाले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्णको पीसीआर परिक्षण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।