काठमाडौं/८ साउन- सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा नियमावली २०७७’ जारी गरेको छ।
मन्त्रिपरिषदको हालैको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ५४ ले दिएको अधिकार प्रयोग गरी सरकारले नियमावली जारी गरेको हो।
चिकित्सा शिक्षा आयोगले गत माघमा बनाएको नियमावलीका प्रस्तावमाथि कानुन, अर्थ, शिक्षा र स्वास्थ्य मन्त्रालयमा छलफलपछि मन्त्रिपरिषदमा पेश गरिएकाे थियाे । आयोगले नियमावलीमा प्रस्ताव गरेका केही व्यवस्था स्वास्थ्य मन्त्रालयले राय दिने क्रममा हेरफेर गरेको थियो।
आयोगले नियमावलीमा खुलाका लागि ७० प्रतिशत सिट राख्नुपर्ने उल्लेख गरेकोमा स्वास्थ्य मन्त्रालयले राय दिने क्रममा घटाएर ५० प्रतिशतमा झारेको थियो। मन्त्रिपरिषदले उक्त व्यवस्थालाई नै नियमावलीमा निरन्तरता दिएकाे छ ।
नियमावलीअनुसार स्नातकोत्तर तहमा विद्यार्थी छनौट गर्दा खुला प्रतिस्पर्धाबाट पचास प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट चालिस प्रतिशत र विदेशी विद्यार्थीबाट दश प्रतिशतकाे व्यवस्था गरिएकाे छ ।
https://drive.google.com/file/d/13WeW0bwEGPNl4h663avGmhFid3JghRg4/view