काठमाडौं /८ साउन – शिक्षक सेवा आयोगले स्थायी शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स ) वितरणको तयारी गरिएको छ ।
आयोगका अध्यक्ष ताना गौतमले प्रदेशको शिक्षा निर्देशनालयबाट लाइसेन्स वितरण गर्ने गरी तयारी गरिएको खबर एजुकेशनलाई जानकारी दिए । उनका अनुसार व्यवस्थित तरिकाले सार्वजनिक सूचना जारी गरी वितरण गर्ने तयारी भइरहेको छ । आयोगले जारी गरेको सूचनामा उल्लेख गरे अनुसारको कागजपत्र लिई प्रदेशको शिक्षा निर्देशनालयबाट लाइसेन्स लिन सकिने उनको भनाइ छ । आयोगले तीन तहको लाइसेन्स एक महिनाभित्र प्रदेश शिक्षा निर्देशनालयमा पठाउने तयारी थालेको हो ।
खुला विज्ञापन अनिश्चित
कोरोना भाइरसका कारण रिक्त पदहरुको विवरण उपलब्ध नभएकाले खुला विज्ञापन कहिले हुन्छ यकिन गर्न नसकिने आयोगका अध्यक्ष गौतमले बताए । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रमा रिक्त पदहरुको विवरण नभएकोले विवरण लिएपछि मात्रमा विज्ञापन हुने उनको भनाइ छ । उनले विवरण संकलन गर्न समय लाग्ने भएकाले कहिले विज्ञापन खुल्छ भनी यकिन गर्न नसकिने बताए ।