काठमाडौं ७ साउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु आजबाट खुल्ने भएका छन् ।
चैत ११ बाट जारी लकडाउन अन्तय भएसँगै आजबाट क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएको छ । लकडाउनको अन्तय सँगै शिक्षकर कर्मचारीको सार्वजनिक विदा पनि सकिएकाले क्याम्पस खुला गरेको भएपनि विद्यार्थीको नियमित पठनपाठन भने नहुने त्रिवि रजिस्ट्रारको कार्यालयले जारी सूचनामा उल्लेख छ ।
गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।
सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।