एसईई पछिको यात्रा , विषय र अवसर

यतिबेला करिब पाँच लाख विद्यार्थी एसईईको नतिजा पर्खेर बसेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण स्थकित भएको एसईई परीक्षा जेठ २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले रद्द गरी विद्यालयको आन्तरिक मुल्यांकनलाई आधार मानी नतिजा सार्वजनिक गर्ने निर्णय अनुसार नै काम भईरहेको छ । नतिजा आउनै लाग्दा विद्यार्थीहरुलाई के पढ्ने, कुन क्षेत्रमा जाने भन्ने दुविधा हुनु स्वाभाविक हो । एसईईपछि विद्यार्थीहरूका लागि विभिन्न विकल्पहरु रहेका छन् । माध्यमिक तह (कक्षा ११ र १२) अध्ययन गर्नका लागि विद्यार्थीहरूले आफूलाई उपयुक्त हुने विकल्प छनोट गरी गर्न सक्छन् ।

नेपालमा एसईईपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्न सक्छन् भने अन्तर्राष्ट्रिय डिग्रीका लागि ए लेभल, आईबी र सीबीएससी मध्ये एउटा छनोट गरेर अध्ययन गर्न सक्छन् ।


कक्षा ११ मा विषय छनोट:
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत विद्यार्थीहरुले कक्षा ११ मा तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक विषय पढ्नु पर्ने हुन्छ । संकाय प्रणाली अन्तर्गत पठनपाठन हुँदै आएको कक्षा ११ मा यस शैक्षिकसत्र देखि नयाँ पाठ्यक्रम लागू गरी संकाय प्रणाली हटाउने तयारीमा पाठ्यक्रम विकास केन्द्र रहेको छ । केन्द्र अहिले पाठ्यक्रम निर्माणमा जुटिरहेको छ । नयाँ पाठ्यक्रम अनुसार कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अनिवार्य विषयका रुपमा पढ्नुपर्छ भने आफू कुन क्षेत्रमा जाने हो सोहि अनुसार विद्यार्थीले ऐच्छिक विषय छनोट गर्न सक्छ । एक सय चार वटा ऐच्छिक विषय रहेका छन् । विश्वविद्यालयमा कुन विषय लिएर पढ्ने हो, त्यहीँ अनुसार विषय छनोट गर्न विद्यार्थीले पाउँछन् ।

प्राविधिक शिक्षा:
एसईईपछि विद्यार्थीहरूले उच्च शिक्षाका लागि प्राविधिक शिक्षा पनि लिन सक्छन् । सीटीईभीटीले एसईई दिएका विद्यार्थीहरूलाई मध्येनजर गर्दै विभिन्न कोर्षहरु सञ्चालन गर्दै आईरहेको छ । एसईईपछिका विद्यार्थीहरूका लागि सीटीईभीटीले डिप्लोमा र प्रविणता प्रमाण पत्र तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत अनमी, भेटनरी विज्ञान, वनस्पती विज्ञान, कम्प्युटर विज्ञान, सिभिल, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङ, ल्याब टेक्निसियन जस्ता विषयहरुको पढाई हुन्छ । प्राविधिक शिक्षा सीप र जीविकोपार्जनसँग जोडिएको शिक्षा हो । प्राविधिक शिक्षाले व्यवहारिक र प्रयोगात्मक शिक्षामा बढी जोड दिएको हुन्छ । छिट्टै स्वरोजगार बन्न चाहने विद्यार्थीहरूले सीटीईभीटी अन्तर्गतका विषयहरू अध्ययन गर्र्दा राम्रो हुन्छ । अन्य विषयहरुको तुुलनामा प्राविधिक विषय अध्ययन गर्दा छिटो समयमा अध्ययन सकेर रोजगार प्राप्त गर्न सकिन्छ ।

ए लेभल:
क्याम्ब्रिज विश्वविद्यालयद्वारा उपलब्ध एड्भान्स लेभल जेनरल सर्टिफिकेसन अफ एजुकेशन नेपालमा ए(लेभलका रूपमा पढाई हुँदै आएको छ । नेपालमा ३१ वर्षदेखि यो विषय पढाई भईरहेको छ । यो कोर्षको सुुरूवात बुुढानिलकण्ठ स्कुुलले गरेको हो । यो दुुई वर्षे कोर्ष हो । एसईईपछि विद्यार्थीहरूले यो कोर्ष अध्ययन गर्न सकिन्छ । यो कोर्षले कक्षा ११ र १२ सरहको मान्यता पाएको छ । नेपालको करिब २५ वटा कलेजहरूमा यो कोर्ष सञ्चालन भईरहेको छ । यसको ६/६ महिनामा परीक्षा हुुन्छ भने एकचोटीमा ३ वटा विषयको परीक्षा अनिवार्य दिनुुपर्छ । यो कोर्ष अध्ययन गरेका विद्यार्थीहरूले विश्वका धेरैजसो देशमा गएर पनि अध्ययन गर्न सक्छन् ।


एसईई पछि आईबी डिप्लोमा कार्यक्रम अध्ययन गर्न सकिन्छ । आईबी डिप्लोमा विश्वविद्यालय अध्ययनको पूर्वतयारी गर्ने सबैभन्दा उत्तम कार्य हो । नेपालमा आईबी कार्यक्रमलाई कक्षा ११ र १२ को समकक्षताको रुपमा लिइएको छ । इन्टरनेशनल ब्याकलरेट अर्गनाइजेसन (आईबीओ) मार्फत् यो कार्यक्रम सञ्चालन भईरहेको छ ।

आईबी:
नेपालमा सन् २००९ देखि आईबी डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याएको हो । एसईईपछि डिप्लोमा तहमा यो कोर्ष अध्ययन गर्न सकिन्छ । ललितपुरमा रहेको युलेन्स स्कुलमा मात्र यो कार्यक्रम पढाइ हुँदै आईरहेको छ । दुई वर्षको यो कोर्ष अध्ययन गर्नका लागि १६ लाख खर्च लाग्छ । आईबी डिप्लोमा कार्यक्रमको भर्ना प्रक्रिया हरेक वर्ष अप्रिल–मे महिनादेखि सुरु हुन्छ भने अगस्तदेखि कक्षा सञ्चालन हुन्छ । यो कोर्ष अध्ययन गर्नका लागि विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । आईबी डिप्लोमा कार्यक्रम अन्तर्गत ६ वटा विषय समूह हुन्छ । यसका अतिरिक्त तीन वटा मुख्य कोर विषयहरू पनि अध्ययन गर्नुपर्छ