टिच फर नेपालले “म सिक्दै छु” रेडियो कक्षा सञ्चालन गर्ने


काठमाडौं/३ साउन- टिच फर नेपालले साउन ५ गतेदेखि “म सिक्दै छु” रेडियो कक्षा सञ्चालनमा ल्याउने भएको छ ।


इन्टरनेट र टेलिभिजनको पहुँच नभएका विद्यार्थीलाई लक्षित गरी ७ जिल्लामा रेडियो कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको हो । लकडाउनका कारण ठप्प भएको पठनपाठनलाई निरन्तरता दिने उदेश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको टिच फर नेपालले जनाएको छ ।

“म सिक्दै छु” रेडिया कार्यक्रममा अंग्रेजी, विज्ञान, गणित, मनोविज्ञान र अतिरिक्त क्रियाकलापसँग सम्बन्धि कार्यक्रम प्रशारण हुनेछ । कक्षा ५ देखि १० सम्मका विद्यार्थीलाई उक्त्त कार्यक्रमले समेट्ने छ ।


टिच फर नेपालका अनुसार रेडियो कार्यक्रम हप्ताको पाँच दिन सोमबार देखि शुक्रबार सम्म बेलुका ४ बजेदेखि ६ बजेसम्म प्रशारण हुनेछ ।